Saturday, December 10, 2022

बाल कविता : संगीत

~खुशी श्रेष्ठ~


कान को बाटो भै  
मन मा जाने,
ह्रिदय छुने
आवाजको साहारामा
सात् सुर ले सजिएको   
संगीतको सार
जीवनको आधार।

स्कुल को घन्टी,
चरा को बोलि,
मुटु को ढुक ढुक,
खोला को कल कल   
बासुरिको धुनमा
देशको गीत
आहा कति मीठो संगीत।

प्रार्थना मा संगीत
आशिसमा संगीत
भजनमा संगीत  
मांयामा संगीत
संसारै भरि छ   
मनलाइ सितल
यो प्यारो संगीत।

सुखमा स्ंगीत  
दुखमा संगीत
भालेको डाकबाट सुरु हुन्छ संगीत
कोइलीको कुहुकुहु  
जीबनको गीत  
मलाइ मन पर्छ
मीठो मीठो संगीत। 

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'नाफा बाल साहित्य पुरस्कार'मा वाचन गरिएको कविता)

No comments:

Post a Comment