Saturday, December 10, 2022

कविता : म एउटी नारी

 ~पट्ना ताम्राकार~

नारी को हो नियालेर हेर
नारीसँगको नाता केलाएर हेर
नारी बिनाको संसार अधुरो र असम्भव हुन्छ
नारी बिना सृस्‍टि अपूर्ण र अभाव हुन्छ ।

नारीलाई एउटा खेलौना र नोकर ठान्नेहरू
नारीको महत्त्व र संलग्नता नदेख्नेहरू
नारीको सम्मान र माया गर्न सिक
नारीलाई जीवनको महत्त्वपूर्ण अङ्ग र साथीको रूपमा स्विकार गर्न सिक ।

नारीलाई कमजोर र आफ्नो दाँजोमा पुग्न नदिनेहरू
नारीको साथ बिनाको जीवन कल्पना गरेर त हेर
जीवन अक्षर बिनाको रित्तो कापिको पाना जस्तै हुनेछ ।
नारी बिनाको जिन्दगी ओझेलमा परे जस्तो हुनेछ ।

बराबर छन् आजकाल नारी-पुरुष
हिम्मतकासाथ कमाउँछ्न्
गौरवकासाथ काँधमा काँध मिलाउँछन्
दोब्बर मेहेनत गरेर घरपरिवारलाई वयवस्थित राख्छिन
बच्चाहरूको राम्रो हेरचाह र संसार सजाउन समर्थ हुन्छिन् ।

केही चित्त नबुझ्ने मुर्ख पुरुषले नारीलाई जुत्तासँग दाँजेर बेइजत गर्छन्
जसको दिमागमा जुत्ता भन्दा राम्रो कुराको बिकास भए जस्तो लाग्दैन ।
तर पनि सहन्शिल नारी त्यो अपमान चुपचाप सहिरहन्छिन्
जुन नारी त्यस्तो अपमानमा बाँच्न चाहँदिनन् उनी आफ्नै अस्तित्वमा बाँचेकी हुन्छिन् ।
नारी पृथ्वी हो तर अन्याय अत्याचार र हिंसालाई सजिलै अस्विकार गरी आफ्नै सक्षमतामा हाँस्छिन ।

हो, म त्यो नारी हुँ
यि सबै अवरोधको सामना गर्दै
यो समाजको लागि नमुना बनेर बाँचेकी छु
र आफ्नो मेहनतले प्रगतीपथमा निरन्तर हिंडिरहेकी छु ।

(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment