Saturday, December 10, 2022

कविता : संसार

~जीवन खड्का~

उ अझै पनि मेरो लागि संसार हो,
मैले महिनौ सम्म पनि स्विकार्न नसकेको, उ मेरो जीवनको तितो मिठो हार हो,         
कति उस्ले दियका घाउ हरु हेर्दै बसु म,
आखिर मेरो खुसिका लागि पनि त उहीँ नै जिम्मेवार हो ।

उ मेरो मनको उदासि हो भने, मेरो ओठको मुस्कान पनि त हो,    


उ मैले सधैं भनी रहने मेरो अधुरो कथा हो भने, मैले अहिलेसम्म पूरा गरेका कविताहरुको सान पनि त हो ।

उ मलाइ डरहरुको उचाइ देखाएर तर्साउने एउटा तितो विपना हो भने,
मलाइ जमिनबाट हेरेर भन्दा पनि आकाशमै उडेर तेस्को गहिराइ नाप्न सिकाउने मीठो सपना पनि त हो ।

उ मैले बिर्सिन नसकेको वा नखोजेको, मेरो राम्रो या नराम्रो बानी हो भने,
मैले जानेर या नजानेर मैले बाचेका हरेक कविता पछाडिको कहानी पनि त हो ।

मलाइ थाहा छ,
अहिले उस्का हातले अरु कसैको हातमा छहारी पाइसकेका छन्,
उसका डरहरुले आफ्नो डरहरु पोख्न, अहिले अरु कसैलाइ घर बनाइसकेका छन ।

हो उसका खुसीका चराहरु अहिले अरु कसैको आकाशमा उड्छन,
उस्का डरहरुले अहिले मेरो नभै अरु कसैको बाकसमा लुक्छन ।

हो मेरा हातले उसका हात सदाका लागि समाउन पाएनन्
तर उस्का हात त आफुले चाहेका हातमा सुरक्षित छन ।

माया,
उसका हातहरुले मैलाइ आफ्नो घर बनाउन भन्दा पनि,
उसका डरहरुले आफुले चाहेको घरमा सहारा पाउन भन्नू रहेछ ।

मेरो आकाश खाली भयो भनेर निरास हुनु भन्दा पनि,
उसका खुशीका चराले चाहेको आकाशमा उड्न पाए भनि रमाउनु माया रहेछ ।

उ पछि मेरो जिवनमा समय रोकिएको छैन,
तर उ पछि मेरो जिवनको समय उस्तै पनि त छैन ।

मेरि हजुरआमालाइ दुनियामा 7 billion मान्छे छन भन्ने थाहा छैन,
न त नेपालको जनसंख्या 3 करोड छ भन्ने नै ।

मलाइ पनि अहिलेको दुनिया जसरी आफ्नो सासको विकल्प सिलिन्डर बोकि हिंड्न् छैन,
मलाइ पनि अहिलेको दुनिया जसरी दस ठाउमा दस जनालाइ माया गर्न सिक्नु छैन ।

समय संगै हिंड्न् पर्दा  उस्को विकल्प पनि खोजुला म,
तर उ संग मिल्न गएका सपनाहरुको विकल्प कहाँ खोजु  ।
खोज्दै गर्दा उसको विकल्प पनि भेटिएलान पनि,
तर उ संग गासिन गएका भावनाहरुको विकल्प कहाँ भेटाउ
आखिर उ अहिले पनि त मेरा लागि माया हो,
जति नकार्न खोजे पनि देख्खिहाल्ने मेरो भुत, बर्तमन र भविस्यको अमेट्टे छाया हो ।

हो,
मेरो लागि उ अझै पनि संसार हो,
कति उस्ले दियका आँसु मात्रै सम्झिउ म,
आखिर मेरो खुसिका लागि पनि त उहीँ नै जिम्मेवार हो ।

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता) 

 

No comments:

Post a Comment