Saturday, December 10, 2022

कविता : देवतालाई म

 ~सुष्मा श्रेष्ठ~

देवतालाई म प्रतिमा मा हैन
मानिस को मन भित्र खोज्छु
मानिस लाई म धर्म मा हैन
कर्म मा पाउने गर्छु
 
त्यो मन कती फराकिलो
म हितैशी फिता ले नाप्छु
त्यो हृदए कती गहकिलो
म मन कै तराजु ले जोख्छु
 
भगवान लाई म गुफा भित्र हैन
मानिस को मन मन्दिर मा खोज्छु
महल मा बिराज्मान हुने भन्दा
म त झोपडी माझ पो मानिस लाई पाउँछु
 
पर्मात्मा को एक अङ्श आत्मा
म मानिस को मनसिकता मा खोज्छु
ईस्वर कै कृती मानिस लाई म
मानवता मा पाउने गर्छु |

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment