Saturday, December 10, 2022

कविता : साथी

~बिकी गुरुङ~

दुई दिनको जिन्दगीमा दु:ख किन मान्छौ
तिमी साथी ।
दुई दिनको जिन्दगीमा दु:ख किन
मान्छौ तिमी साथी ।।
जिन्दगी त हो बसन्ती बास्ना झैं
 दु:खलाई सुखको पाईला सम्झी अगाडी
बड तिमी साथी ।
प्रतिकछ्याको फल मिठो हुन्छ भने झैं
सम्झ कि दु:ख एक छणको प्रतिकछ्या
मात्र हो ।
आखिरमा फल त सबैलाई मिल्ने नै हो
तर परिस्रमको बाटोमा सधै तिम्रो
पाईला अगाडी चाली राख साथी
तिमी ।।

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment