Saturday, January 2, 2016

कविता : आगो

~दिनार 'रनादी'~

यो हिउँद
काठ्याङ्ग्रिने जाडो छ
आगो ताप्दा न्यानै हुन्छ
तर घर बालेर आगो ताप्नेहरु

होश गरे हुन्छ
अंशवण्डमा पाईने
केवल खरानी मात्रै हो ।

(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment