साथी, जिउँदोको जन्ती
मर्दाको मलामी,
सुखदुखको सह-भोगाई
यार ! तिमी पनि साथीको
दावा गर्छौ
तर बेलानकुबेला धावा बोल्छौ
छेउ पाए धकेल्छौ
कुना पाए अचेंट्छौ
सामान्य शिष्टाचार समेत बिर्सेंर
बेलानकुबेला निहुँ खोज्छौ
आजकाल त
सुन्दैछु , साँध सिमानाको जाल बुन्दै छौ
खै मेरो खुकुरी ?
भुत्ते पो भयो कि ?
फेरी साँध लाउनपर्ने भयो कि ?
साथी, यसो विचार गर्ने हो कि ?
(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)
No comments:
Post a Comment