अथाहा छ
त्यसैले अंकको सीमामा छैन यो सृष्टि
तर लुकेको छैन यहाँ केही
किनकी अनन्ता अनन्त छ
कर्ताको दृष्टि
तर मान्छे यहाँ सबै
रुप, यौवन, विद्या, धन
आफैमा केन्द्रित सानो मन
अहो ! यो कस्तो माया जाल
जन्मजन्मान्तर छ उही चाल
सबैको उस्तै हाल बेहाल
अथाह यो महासागरमा
मान्छे केवल पानीको थोपा हो
एक पल भन वा पुरा सय बर्ष
मान्छे केवल पानीको फोका हो ।
(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)
No comments:
Post a Comment