हिजैदेखि तिमीसँग बोल्न मन ला’को थियो
दिलको भित्री इच्छा सबै खोल्न मन ला’को थियो
देख्दामा नै लठ्ठ पार्ने मुहार तिम्रो झलमल
जाला कि होस ब्यहोर्दा झन् भन्न मन ला’को थियो
दिलभित्र आगो झोसी तर्की नजाउ टाढा तिमी
नजिकबाटै छुने गरी हेर्न मन ला’को थियो
जन्माउने होला को त्यो ? रुपवती अप्सरालाई
पुरस्कार कोहीनुर दिन मन ला’को थियो
घायल बनाई गईन् उनी अर्कै केटो समाएर
मुटु मिची, छाती पिटी रून मन ला’को थियो।
—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार
हालः म्याडिसन,अमेरिका
(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment