Saturday, March 23, 2019

कविता : चरी


~कल्पना ढकाल रिजाल~   

ए चरी,
 कहाँ छ तिम्रो गाउँ
किन उँचाई उँचाईमा, के छ तिम्रो गन्तव्य ?
अनी के होला लक्ष्य
कहिले तरुनी जस्ताइ उत्ताउली रहन्छौ
कहिले वृद्ध जस्ताइ थकित देखिन्छौ ।

ए चरी,

तिम्रो छ कि छैन होला परिवार, साथी र रमाउने संसार ?
कती थकित छ होला तिम्रो शरीर
बाटोमा पानी बिसाउने ठाउँँ छ के ?
ए अनी माया साट्ने गाउँ छ के ?
रात्रीमा आँखाले बिश्राम पाउँछ के ?

ए चरी,
तिम्रो कत्रो फरक संसार
बालबच्चा, बुढी आमालाई कसरी साथइ लैजान्छौ ?
के खाजा खान्छौ ?
अनी तिम्रो शरीरको काउकुतीलाई कसरी निभाउँछौ ?

ए चरी,
तिमी महान छौ, म मान्छु तिम्रो बिचिन्त्र संसारलाई
कहिले मेरो गाउँघरमा आई बिसाउ तिम्रो थकित शरीर
अन्न र जल म पनि दिन्छु
माया त म पनि गर्छु ।      

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 


No comments:

Post a Comment