Saturday, March 23, 2019

गजल : एहसास जीवित रहोस्


~मित्र पौडेल~

मक्खमली एहसास जीवित रहोस्
प्रेमपूर्ण विश्वाश जीवित रहोस् ।

जूनतारा टिपी देउ भन्छ्यौ
छ शर्त आकाश जीवित रहोस् ।

हार र जीत मात्र मुद्दा होईन
खेलको अभ्यास जीवित रहोस् ।

यक्ष प्रश्न सम्मा पुग्नका लागि
जरुरी छ प्यास जीवित रहोस् ।

आफैमा पतझड सुखद बन्न
दृष्‍टिमा मधुमास  जीवित रहोस् ।

'मित्र'ता मर्न डर छैन भने
अन्त्यसम्मा उल्लास  जीवित रहोस् ।

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment