Saturday, March 23, 2019

गीत : प्रित भेटियो


~लेखनाथ काफ्ले~

हिंड्दा-हिंड्दै बाटोमा प्रित भेटियो
धेरै बर्षा देखिको प्यास मेटियो ।

तिम्रो रुपको जादुमा झुमिरहें म
खोज्दै तिमीलाई बादल झैं डुलिरहें म


रुझ्दा-रुझ्दै प्रितको छाता ओढियो
सुन्दर मायाको फूलबारी आजै गोडियो ।।

तिमी आउने बाटो हेर्दै टोलाईरहें म
मनको दैलो खुल्ला राखी बोलाईरहें म
यादै-यादमा मनमा तिम्रो नाम जोडीयो
यती चाँडै मायाको यो बाँध तोडियो ।। 


(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment