Saturday, March 23, 2019

गजल : पीर हुन्छ


~मित्र पौडेल~

सँधै चित्त दुख्ला भनी पीर हुन्छ
कतै साथ छुट्ला भनी पीर हुन्छ ।

कसोरी म बाचौं लिई सम्झना ती
कतै मान डुब्ला भनी पीर हुन्छ ।

सबैमा लुकेका यहाँ छन् कहानी
कहाँ रात पुग्ला भनी पीर हुन्छ ।

दबाएर पीडा म पर्खिरहेछु
दबिएर लुक्ला भनी पीर हुन्छ ।

मरी के लिनु छ र जिन्दगीमा
यो मुस्कान सुक्ला भनी पीर हुन्छ ।

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment