Saturday, March 23, 2019

गीत : सम्झना

~अर्चना धाख्वा~

सम्झना बनि मस्तिस्क महलमा
जुन क्षण वितेका रहे समेटी
किन आउँदैन पछि लागि
बित्दै गएको त्यो चोला लपेटी ।

जुन आँगनमा बोलि फुट्यो
त्यो आँगनको माटो आँगनमै छुट्यो
चिसो सिरेटो, आली गोरेटो
त्यो ढुंगाको बाटो धुलो भइ टुट्यो

हावाहुरीले उडाए गगनमा
बितेका बेलाहरु बिना पखेटि
किन आउँदैन पछि लागि
बित्दै गएको त्यो चोला लपेटी

आमा बुवाको काख नै मन्दिर
बहिनि-भाइसँगको साथ र घुमफिर
बाल्यकालको मिठासै गुमाई
पहिलिंदै जाने पाईला अस्थिर

पुर्याउन खोज्छ भविष्य नयाँमा
सँधै धकेली समयले लखेटी
किन आउँदैन पछि लागि
बित्दै गएको त्यो चोला लपेटी ।
  

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment