के छ यो टाउकोमा र यती
भारी हुन्छ ?
यो मन किन डाडा वारी
कहिले पारी हुन्छ ?
मौनतामा यो मुटुले
कस्तो ब्यथा सुन्छ ?
किन छाती अनायसै आशु
झारी रुन्छ ?
को हो गरीब को हो धनी, के हो आखिर धन ?
कुन चै धनले चोखो माया
किन्न सक्छ भन ?
थैली भरी पैसा बोकी
खुशी किन्न आको ?
भावनाको मोल किन यति
सस्तो भाको ?
मुर्ती समेत छोप्ने गरी
माखा भन्काएर
मनका दानी भन्दा ठूला
द्रब्य दानी हुन्छन् ?
भाग्य किन्न सक्ने
मात्रै भाग्यमानी हुन्छन् ?
आफ्नो को हो पराई को हो, केलाई भन्ने नाता ?
साईनो हो कि सानिध्य हो
जाच्ने बही खाता ?
लोभले किन छुट्याउदैन
रगत र पानी
एकदिन जिब्रो टोक्नै
पर्छ भन्ने जानी जानी !
सत्य के हो झूट के हो, के हो बिघ्न बाधा ?
कति रित्तो, कति निम्ठो, केलाई भन्ने आधा ?
सुन जोख्ने तराजु ले, मन जोख्ने के ले ?
बाङ्गा मनलाई सोझ्याउन
घन ठोक्ने के ले ?
यस्तै प्रश्न घोच्न
आउछन्,शान्ति
खल्बलिन्छ
सोच्दा सोच्दा थकाई
लाग्छ बाटो अलमलिन्छ
साथि संगी टाढा हुन्छन्
एक्लै भईदो रैछ
हांसको हुलमा बकुल्ला
झै, बेग्लै
भईदो रैछ ।
धन्न तर धेरै प्रश्न
उत्तर बोकी आउछन्
प्रश्न-उत्तर मिलेर नै
बाटो देखाउछन्
प्रश्न यदि नहुदा हुन्, जिबन हुन्थ्यो कालो
प्रश्न सोध्ने गरौ साथी
अब तिम्रो पालो ।
(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)
साॅच्चै मन छुने कबिता । धेरै राम्रो लाग्यो ।
ReplyDelete