मलाई मायाँ गर्छौ भने
मेरो नजिक फर्कि आऊ
सिन्दुर पोते केही होईन
मेरै छायाँ बनी आऊ ।
पर्देशमा मेरा कुरा
अरुसँग गर्छौ अरे
मेरो लामो चुल्ठो छाडी
उस्कै चुल्ठो भर्छौ अरे
जती मलाई सम्झे पनि
के नै अर्थ रह्यो अब ?
विश्वासमा खीया पर्यो
चकनाचुर भयों सब ।
(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)
No comments:
Post a Comment