~विश्वजीत अधिकारी~
१
खै किन हो मनमा पिर भइरहन्छ
यो मन यसै रोइ रहन्छ ।
त्यसैले होला आँखाबाट सँधैं
बग्ने आँशु कै रित भएँ म त ।।
२
दुखीहरु आफ्नै झैं लाग्छन्
पिडाहरु मलाई नै डाक्छन् ।
यिनै संग खेल्दा खेल्दै
दु:ख कै मित भएँ म त ।।
३
चोटहरु कति सहें
सहने शक्ती सिद्धी सक्यो
सुर ताल नमिलेको
बिरही गीत भएँ म त ।।
४
मरुभूमि भएको छ जीवन
जताततै उजाडै उजाड
खडेरीमा थोपा थोपा बर्सिनें
शित भएँ म त ।।
५
चोखो माया गाँसु भन्दा
बिछोड मात्रा भइरह्यो ।
अचानो र खुकुरीको
दर्दर प्रित भएँ म त ।।
६
आफन्तले पराई ठानेपनी
आफ्नले नै खुट्टा तानेपनी
केही गर्न नसक्ने साह्रै
रहित भएँ म त ।।
७
जती खेलहरु खेले पनि
हार मात्रै स्विकारी रहने
कहिल्यै नजित्ने केवल नाम
मात्रको जित भएँ म त ।।
(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको
'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment