जीवन् सरल् सुखमय पारि हँसीलो मुस्कायौ
चिहायौ मुटुको कुनाबाट जीवन् ज्योति जगायौ
आई बसि काखबिसे अंगाली मयाले
हेरी टुलुटुलु निश्चल द्वार नयनका उघारी
थामी एक अंबल अनी मुहार यो नियाली
हाँस्छे मुसुक्क किन हो कुन सोच आई
लूटूपुटु गर्दै सुस्त निदरिलाई बोलाई
नूनू गर्छे छातिमा हाथ मेरो समाई
भर्छे खुसि गाग्रिभरी मुटुको टम्म पारी
जो छल्किन्छ नयनबाट आँसूका धारा बहाई
च्याँच्याँ गर्छे यसै ठुलो स्वरले गुहारी
आमा खै तिमि भनी नयनले पुकारी
बाबा आउ भनी अँगालो हाल्छू
धारा आँसुका देखी म चित्त थाप्छु
टाँसी राख्छु छातिमा गरी अङ्कमाल
दिन्छू मेरि मुनुलाइ सारा पियार
च्यापी म राखूँ भनि यसै भन्छ मन
संसार कहाँ चल्छ त्यसरी पनि भन्छ मन
छोडी जानुछ गुँड यो चरी भोलि बनी
अनि उड्न सिक्नुछ तिमिले यो काख छोडी
टाँसेर राखुँ मुटुमा या काख राखूँ
भन्नेछौ भोलि तिमिले आमा म लागूँ
संसार ठूलो गतिशील रहनेछ सानी
जहाँ जाउ तिम्रै हुनेछन् संसार नानी
कोखबाट आयौ काखमा काखबाट टाढा
जाऔलि क्रमसँगै काटौली डाँडा काँडा
सार्दै खुट्टी साना अघि बढ्दै जानू
जहाँ जाउ मुटुमेरी आमा सम्झी आउनू ।
(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)
No comments:
Post a Comment