Saturday, November 5, 2016

छन्द कविता : पहिले र आजकाल

~आविष्कार भारती~

छन्द : भानुभक्तिय 

पहिले पहिले सज्थ्यो मन्दिरमा देव-मुरती आस्था बनिकन
आजकाल घरघरै भित्र सज्दछन् तिनी बस्तु ठानीकन  
पहिले पहिले जहाँ त्यहीँ पुजिन्थ्यो उनलाई ईश्वर मनिकन
आजकाल भज्दछन् आलसी घरै बसीकन  ।।

पहिले पहिले स्वच्छ घर पाइखाना बाहिर राखिकन
आजकाल कोठै सँग पुगेको छ खुट्टा लागिकन
पहिले पहिले खान्थे रे खेतमा तरकारी खेती गरिकन
आजकाल फलाउँछन रे घर त्यहीँ खान्छन भाडा लाइकन ।।


पहिले पहिले मानव बन्थे दुषित भाव त्यागिकन
आजकाल बनिन्छ सदात्मा मानिस ठगिकन
पहिले पहिले यापन गर्थे रे सदाचारले गृहस्तीमा रमिकन
आजकाल बेबिचरले ऐया-आथ्था छ अरे हेर जीवन ।।

पहिले पहिले पेट भर्थे दश नङ्ग्रा खियाईकन
आजकाल सम्पत्ती फल्छ नबगी पसिना एक्कै थालो बसिकन
पहिले पहिले जान्थे रे रोग शोक खाना सँगै हजम भैकन
आजकाल पचाउँछन रे औषधी हजार खाईकन ।।

पहिले पहिले खुशी बाँढिन्थ्यो झलमल टोल नै रमाईकन
आजकाल थुनिएको छ कोठामा मोमबत्ती फुकिकन
पहिले पहिले हुन्थ्यो रे जात्रा-भोज एकजुट भैकन
आजकाल एकान्त सबतिर छ रे  पलायन युवा भैकन ।।

पहिले पहिले देश यो ठमठमी नाच्थिन् रे हरियो भैकन
आजकाल कुँजिएकी छिन् अस्मिता लुटीइकन
पहिले पहिले हुन्थ्यो रे बिकासको लागि राजनीति सुबुद्धी भैकन
आजकाल राजनीति हुन्छ रे कुनीतिका निम्ती झन  ।।

पहिले पहिले घर दिब्य थियो बुढापाकाका आशिषअमृत पोखिकन
आजकाल भेटिन्छन् ति आश्रमका कथाहरु बनिकन
पहिले पहिले भेटिन्थ्यो रे खुशी आफै भित्र खोजिकन
आजकाल फेरी त्यही कस्तुरिबासना खोज्दै भौंतारिन्छन् रे रन-बन ।।

पहिले पहिले रुन्थिन आमा कर्णाली-तराइको दु:ख देखिकन
आजकाल पनि मेट्न खोज्दैछिन रे सन्तानका पिर अझै अस्रु बहाईकन
पहिले पहिले रेटिन्थ्यो रे भोको-नङ्गो-अशिक्षाले जन
आजकाल पनि खै केही परिवर्तन कहीँ नदेखी हतासिन्छ रे उनको मन ।।

पहिले पहिले प्रकाश छर्थे जली आफु मोमबत्ती भैकन
आजकाल सबथोक म, मेरो र मलाई मात्र भएको छ स्वार्थी भैकन
पहिले पहिले थियो रे चित्ताकर्षक सह्रिदयी मानवतापूर्ण हाम्रो जीवन
आजकाल पनि त्यस्तै भए स्वर्ग यहीँ हुन्थ्यो लाग्दछ मकन ।।

पहिले पहिले सरि बग्न सकुँ सद्भाव-पिरेम बिबेक भरिकन
आजकाल हामी बनी अघी बढौं नेपाली भैकन
पहिले पहिले सरि बाँध्न सकुँ देशभावनालाई सगरमाथा बनिकन
आजकाल अनी भविष्यमा ठाडो रहोस् शिर नेपाली भनिकन ।। 

(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment