Saturday, November 2, 2019

कविता : नबुझेको युद्ध

~निकिता मिश्र पाण्डेय~

भींडमा दौडिन्छु आँत्तिएर
बाबा आमा हुन् कता
खैलाबैला कोलाहाल
छ यता उता ।

पछाडि हेर्न डर लाग्छ
साथी ढलेको पो देख्छु
अगाडि बाढ्न कर लाग्छ
कहीं पुग्छु कि सोंच्छु ।

गीत : सुन्यतामा

~एल के गुरुङ~

सुन्यतामा आएँ यहाँ, सुन्यतामै जान्छु
जती माया पाउँछु तिम्रो, मेरै साथ लान्छु ।।

देखावटी माया हैन, मनले माया गर्छु
भाग्यमा जो लेख्या छ, उसकै साथ जिउँछु मर्छु ।
बाँचुञ्जेल खुशी दिन्छु, मरि लानु के छ

गजल : आजभोली

~दीपक पौडेल~

मान्छेदेखी मान्छे किन डराउँछ आजभोली
अनायसै झस्किएर कराउँछ आजभोलि ।

सत्य बोल्ने मानिसहरु पछी पर्न थालेकाछन् 
नैतीकता त्यसै तलै हराउँछ आजभोलि ।

शान्तीका दूत परेवाहरु असुरक्षित छन् यहाँ
रगत पोतिएको झन्डा फहराउँछ आजभोलि ।

कविता : म कसरी नेपाली होइन त ?


~कल्पना ढकाल रिजाल~   

म जन्मिंदा मेरी हजुरमाले खुसीले चिच्याउँदै
हाम्रो घरमा लक्ष्मीको बास भो भनिन् रे,
पल्लाघरे दाइ, माथिले घरे काका, तल्लाघरे मामा
सबै भेला भई सेल रोटी र चौरे तालमा रमाएका थिए रे,
अनि म कसरी नेपाली होइन त?

गुन्द्रुक, सिन्की अनि मुलाको अचारले मेरो मुख रसाउँछ

कविता : टाढा

~शर्मिला पोखरेल~

तिमी भन्छौ म टाढा छु
कुनै अर्कै दुनियाँमा छु ।।

तिमी मेरो दुनियाँ नियाली त हेर,
म त जहाँ जहाँ हुन्छु
तिमी नै तिमी बुन्छु

मुक्तक : टुक्के काका

~अर्जुनध्वज खड्का~
Arjun D Khadka

टुक्के काका सारौटे जस्ता देश लाई खाँचो छ बाज को!
आस्पताल बाटै हस्तक्क्षर ठिक्नेशक्ती छ २/३ राज को!
प्रगतिले कोल्टे फेर्ला

गीत : एक वचन बोल्दैमा

~सीता अर्याल~

एक वचन बोल्दैमा त तिम्रो के पो जान्थ्यो
त्यती सारो निष्ठूरी त नभाभए हुन्थ्यो

पहिले तिमी छायाँ जस्तै नजिक नजिक आयौ
हुने छैन पर भन्दै कशम तिमीले खायौ

गीत : शिरैभरि आशिर्बाद

~सीता अर्याल~

शिरैभरि आशिर्बाद मुटुभरि मायाँ
भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ

सपनामा देखेँ आमा गलो सुक्योकी
पोल्याछ कि मुटु आमा टाउको दुख्योकी
दुखी हुँदा मुसार्दथ्यौ  त्यही शितलु हातले
सुरक्षाको आभास् हुन्थ्यो तिम्रो प्यारो साथले

कविता : छदम भेष

~अबिमन पसछें~


गफै त हो गफमा बाघ मारियो
बाटोमा बन बिरालो संग तर्सियो

ब्यायाममा छोटो बाटो रोजियो
थाहा हुंदाहुंदै आफैलाई ठगियो

सुकिलो लुगाले मति कहॉ छोप्थ्यो

मुक्तक : समय



~सन्तोष लामिछाने~

यात्रामा नै रमाउनेलाई गन्तव्यकै मात्र आहा हुन्न
चाहिने मात्र चहानेलाई नचाइने केही चाह हुन्न
बुझ्न बुझाउन तल्लीन

कविता : स्वागतम् निलम

~सन्तोषी भण्डारी~

किन दाँज्नु तिमीलाई हिरामोती र पन्नाहरूसँग
तिमी आफैमा ज्वाजल्यमयी रत्न हौ निलम् ।
दाँजिन्नौ तिमी मिसिसिपी र मिजौरीसँग
तिमी त हाम्रै नेपालकी कालिगण्डकी झैं कलावती हौ
जहाँ निर्मल, अमर पवित्र साहित्यको सालीग्राम सृजना गर्छ्यौ ।

कहिले अर्की आईमाई त कहिले चीरहरणमा 
नारी अस्मिता खोज्दछ्यौ ।
यसैगरी बढीरहुन् तिम्रा हातका कलम्

कविता : आफ्नै देशमा गएर

~नारायणदास मल्ल~


छैनन् दिल बहलाउने ठाउँहरू, तर पनि दिल बहलाउन खोजी रहन्छ
अमेरिका जस्तो ठाउँमा भएर पनि, किन किन यो मन मेरै डाँडा पाखा खोइ रहन्छ ।

संसारका मनिषाहरू मरिहत्ते गर्छन् यही अमेरिका आउन
किन किन खै मेरो मन त सकेन यहाँ रमाउन ।

हो सफा छन् सुन्दर छन् अग्ला-अग्ला सिमेन्टका घरहरू

कविता : मन

~राजेन्द्रप्रसाद अर्याल~
                                                
चुलबुले, चञ्चले, अस्थिर छ मन
हिजो अन्तै थियो
आज कवितामा छ मन
नाप्न नसकिने, जोख्न नमिल्ने
कतै नरोकिने, कतै नथाक्ने
बिजुलीभन्दा द्रुत गतिको
वेग कसैले थाम्न नसक्ने
भण्डारण क्षमता असिमित भएको
एउटा बृहत् सन्दुक हो मन
दशौं इन्द्रियहरुको सरथी हो मन
प्राणी जगतको राजा हो मन ।

कविता : रगत रोइरहेछ


~कर्मपथ अर्याल~

हल्ला छाडि कोलाहलमा आईपुगेछौं
झिल्काबाट बँच्दा मुस्लोमा जलेछौं
स्याल भागेका स्वच्छ वनमा
छला ओढी भेंडाको बाघ डुल्न जनमा ।

ओढे च्याँदर श्वेत कतिले, कतिले छोरा बोलाउँदै लडे

Saturday, September 28, 2019

डा. समीर पाण्डेयको दुई हाइकु

~डा. समीर पाण्डेय~

रेटियो घाटी
छिरिरिरि रगत
दशै प्रसाद


************

आत्महत्या भो

विपासन तुलाधरको दुई हाइकु

~विपासन तुलाधर~

शनिको दिन
सुन्तला रंग सूर्य
सन्ध्याकालीन
**********
 चंगा र पिंग
 दशैंको सुरुवात
 शूभकामना

बाल कविता : बाण

~अनित्या द्वा

बाण-एउटा चिन्ह आशाको
थाहा छ यो के भनेको?

तिमीलाई गाह्रो हुँदा
तिमीलाई दु:ख पर्दा..
सँधै तिमीलाई सिकाउँछ

कविता : मेरी प्यारी बहिनी

~अर्चना धाख्वा~

आफुले आफुलाई खै, के भन्ठान्छिन् हो उनी
"जे चिताए त्यै भेट्टाएँ", ङिच्च हाँसे पुग्छ भनी

दिदी भरे आउँछु है, बनाई राख घरमा चिया
लौन मेरो काम छैन कि के ? भन्न कति सकेकी छ्या

गजल : टिका लाए होलान् उता


~लेखनाथ काफ्ले~

निधार भरी रातो टिका लाए होलान् उता
आफन्तको घरघरमा धाए होलान् उता ।

जता गएपनी हुने मन आफ्नै ठाउँमा
उल्लास अनी उमङ्ग छाए होलान् उता ।

कविता : किन चाहियो


~कल्पना ढकाल रिजाल~   

न किताबी ज्ञान, नत बैज्ञानिक ज्ञान
तर पनि घर चलाएँ,
समाजमा इज्जत कमाएँ
छोरा र छोरी आफै हुर्काएँ,
नाता-गोता आफै फुर्काएँ
धन पनि कमाएँ,
खेति-पाती आफै समाएँ,