Saturday, September 28, 2019

कविता : किन चाहियो


~कल्पना ढकाल रिजाल~   

न किताबी ज्ञान, नत बैज्ञानिक ज्ञान
तर पनि घर चलाएँ,
समाजमा इज्जत कमाएँ
छोरा र छोरी आफै हुर्काएँ,
नाता-गोता आफै फुर्काएँ
धन पनि कमाएँ,
खेति-पाती आफै समाएँ, अनी किन चाईयो पोई ?

दाउरा घाँस, मादले, किर्तन, भजन आफै गराएँ 
छोरालाई अन्माई, बुहारी भित्राएँ,
छोरीलाई कन्यादान र ज्वाँईलाई आफ्नो बनाएँ,
अनी किन चाहियो पोई ?

नारी र पुरुषको भेदभावलाई हटाएँ,
आफ्नो घाऊ सुर्ग बनाएँ,
छोरीहरूलाई शिक्षा दिलाएँ,
छोराहरू ज्ञानी बनाएँ, 
मेरो गाउँ र समाजलाई भविष्य देखाएँ
म एक्लो महिला भएँ त के 
दुई हात आफै चलाएँ 
अनी किन चाहियो पोई ?

(सेप्टेम्बर २८, २०१९ का दिन राम-कल्पनाको "रिजाल निवास"मा आयोजना भएको "२८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment