
शिरैभरि आशिर्बाद मुटुभरि मायाँ
भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ
सपनामा देखेँ आमा गलो सुक्योकी
पोल्याछ कि मुटु आमा टाउको दुख्योकी
दुखी हुँदा मुसार्दथ्यौ त्यही शितलु हातले
सुरक्षाको आभास् हुन्थ्यो तिम्रो प्यारो साथले
तिम्ले ताप्ने घाम आमा ओझेल पर्योकी
बस्ने तातो आसन आमा परै सर्योकी
भोक लाग्दा बुबुमाम ख्वाउँथ्यौ त्यही हातले
स्वर्ग जस्तै आभास् हुन्थ्यो तिम्रो प्यारो साथले
लौन आमा न्यास्रो लाग्यो कुना पसी रून्छु
सम्झाउँछु आफैलाई केही शान्त हुन्छु
वरीपरी हुने प्यारा खन्याईदेउ है मायाँ
नपरोस् है उन्का गाथमा अँध्यारोको छायाँ
शिरैभरि आशिर्बाद मुटुभरि मायाँ
भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment