Saturday, September 28, 2019

गजल : टिका लाए होलान् उता


~लेखनाथ काफ्ले~

निधार भरी रातो टिका लाए होलान् उता
आफन्तको घरघरमा धाए होलान् उता ।

जता गएपनी हुने मन आफ्नै ठाउँमा
उल्लास अनी उमङ्ग छाए होलान् उता ।
वर्ष दिनको चाड सम्झी आँखा रसाईरह्यो
रम्दै पिङ्गमा मच्चिएर गाना गाए होलान् उता ।  

नवरात्रीको रौनक आँखाभरी आइरह्यो
जमरा लगाई आशिर्वाद पाए होलान् उता ।

(सेप्टेम्बर २८, २०१९ का दिन राम-कल्पनाको "रिजाल निवास"मा आयोजना भएको "२८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment