छाडेर उजेला ति पाखा पखेरा
रोंजे जब ति गल्ली अँधेरा
बिरानो भो आफ्नै पानी पन्धेरो
शायद तबै भो जीवन अँधेरो
न मिल्छ हसिलो घाम त्यो हिमालि
न सन्ध्या रसिलो डाँडै देउराली
रङ उडेको फुलझै उजाड
मुलई सुकेको खोली भै बगर
आफ्नो भनु त छैन नाता जसरी
पराय भनु म भनु कसरी
न आफनो भनेर मुटुमै सजेको
न पराय भनेर दुरिमै बसेको
भेटे मानब ति यन्त्र सारीका
भुलेर सब्थोक जिउनै नजानी
न पत्तो छ कतै दिन र रातको
चलेको यो मुर्दा मसान घात्को
खोजी हिन्डे त्यो खुशी छितिज्को
नमिल्ने खजाना त्यो पुषतौ सदिको
सम्झौता त्यो कस्तो न हार न जित भो
रङ बदली कुरुप भेस भो
न रोयो जिन्दगी दु:खइ पोखेर
न हान्स्यो जिन्दगी धितै मारेर
गधा सारी को भारी जीवन त्यो
रङहिन जीवन अौ रसहिन जवानी
न मिल्यो सुख त्यो म्रिग त्रिश्ना सरीको
गुमायी खुशी यो मनै भरिको
राखेनी सुनकै पिन्जडा बारमा
के रम्थ्यो बन्चरी दुई मुठ्हि चारोमा
पुगेनी हजारौ कोश यो दुरिमा
हुर्केकै आङनी नयन भरिमा
नमिल्ने चेहरा बिरानो यो माटो
पराया काख यो आमाको साटो
त्रिश्ना बोकेर नमिल्ने सुखको
धितो राखेछु आफ्नै खुशीको
नतिर्दै ब्यज त्यो कर्जा साहुको
लीलामी हुनेभो जिन्दगी बबुरो ।।
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको
'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment