मरुभूमीमा पसिना बेचेर
रणभूमीमा रगत पोखेर
गोरेको भूमीमा जिवन साटेर
आयो तोरी लाहुरे स्वाँठ गुन्टा बोकेर
चार पैसा जोडेर बिचरा
एक बोरा भुल्ल कोचेर
खुल्केको फेस मा कालो चस्मा टाँसेर
आयो तोरी लाउरे स्वाँठ बूट बजार्दै
फुस फुस अत्तर छर्केर
बिचार उ एक महिने भाका बोकेर
माइती हिंडेकी चेली जस्तो
आयो तोरी लाहुरे स्वाँठ ढल्कँदै
गोरेले गिज्याएको भुलेर
हेपिनु हेपाइको पिडा लुकाउँदै
फेरी तेही गाइखाने भाषा
अायो तोरी लाहुरे स्वाँठ मुख बटार्दै
मानौ संसारकै सबै भन्दा जान्ने
अरुलाई त मान्छे नै नठान्ने
चार पैसामा आफैलाई बेचेर
आयो तोरी लाउरे स्वाँठ आइफोन देखाउँदै ।।
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)
No comments:
Post a Comment