Saturday, January 2, 2016

कविता : खै के लेखुँ कविता

~धन मल्ल श्रेष्ठ~

भात पकाऊँ कि
लेखुँ कविता ?
अफिस जाऊँ कि
सुनुँ कविता ?
कवी श्रीमानको कुरै चर्को
भाँडा भाँझु कि
लेखुँ कविता ?

प्रियाजनको सेवा गरुँ कि
सुनुँ कविता ?
आजकाल म आफै
कविता भएकी छु
घर बडार्दा कविता भएकी छु
ग्रोसरी गर्दा कविता भएकी छु
अफिस र घर गर्दा गर्दा
म त जीवन्त कविता भएकी छु
म आफै कविता भए पछि
खै कविता किन लेख्नु पर्‍यो
अब कविता मलाई किन सुन्नु पर्‍यो ।।

(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment