Saturday, January 2, 2016

कविता : मेरा श्रीमानहरु

~विश्वजीत अधिकारी~

कालो थियो एउटा काले, कालेलाई कालिकोटमै छोडें,
गोरखा गैरी गाऊँको गोरेसँग गहिरो नाता जोडें,
अल्लीपर लम्जुङ्गको लामा जुङ्गेसँग लामो सम्बन्ध तोडें,
मकवानपुरको मन बहादुरसँग मेरो मनै मिलेन अनी अन्तै बाटो मोडें ।

चितवनको चिज कुमारअको चित्त बुझाउनै गाह्रो,
ओखलढुङ्गा बस्ने ढुङ्गानाको मन ढुङ्गा भन्दा साह्रो,
टनकपुरका टपरटुईँया टलकजङ्ग vs टुल्केले दिन्छु-दिन्छु भन्दै टार्यो,
नवलपरासी घर भएका नवौं लोग्ने नवल बहादुर नरालले नदिएरै मार्यो । 


भक्तपुरका भक्तमानको कस्तो देश भक्ति थियो,
डडेँल्धुरावाले डम्मरमणी दवाडीलाई डँडेलोले ज्यानै लियो,
कास्कीका काशिनाथलाई कसैले काशीतिरै घाँटी कसिदियो,
सगरमाथाका सागरेश्वर सात समुद्रपारी शहरतिरै बसिदियो ।

कोही थिए पहाडी, कोही हिमाल अनी तराई,
सबै आफ्नै थिए कोही थिएनन् पराई,
पूर्व, पश्चिम, उत्तर दक्षिण मेची देखी महाकाली,
थिए त सबै आफ्नै थिए सबै एउटै नेपाली ।।

(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment