Monday, January 4, 2016

कविता : मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

~सन्तोष लामिछाने~


प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

साँचो मायाको हुरी, दबाइ बतास बनायौ
माया मनमै साँची, दुबैलाई हतास बनायौ
मायाको मूल खोलेर दिएँ, टाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ


मनको मीत म हुँदै, अरु नै कोही खोज्यौ
मह चाख्दै नचाखी, पानीको स्वाद रोज्यौ
मायाको जग उठाइ दिएँ, ढाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ

(नयाँ बर्ष २०१६ को आगमन सँगै जनवरी २, २०१६ मा विश्वजीत अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य भेटघाट' मा वाचन गरिएको)

No comments:

Post a Comment