Wednesday, August 15, 2012

कविता : पीर व्यथा

~पूर्ण श्रेष्ठ~

कवितामा गीत लेखें
गीत भित्र व्यथा पोखें
व्यथा भित्र कति कति
जिन्दगीको अर्थ देखें ।।


पीर व्यथा आउँछ्न् जान्छ्न्
यसरी नै जीवन चल्छ
बिधाताले लेख्या दिनमै
दु:ख सुख बनी सक्छ ।।

Saturday, August 11, 2012

कविता : आकांक्षा

~पूर्ण श्रेष्ठ~

आकाशभन्दा अग्लो, धरतीभन्दा बिशाल
लिएर हिडें, यो आकांक्षा ।

बतासभन्दा छिटो, प्रकाशभन्दा उज्यालो
सजाउँदै हिडें यो आकांक्षा ।

Saturday, April 21, 2012

लघुकथा : गुनासो

~अविमन पसछें~

"हेर हेर   दुब्लाएको" साहु चिन्तीत बोलीमा गोठ भित्र पस्यो
दुध दुहंदै गरेको थकित हर्के साहुको मायालु बोलि सुनेर अचम्म  मानेर  साहु तिर हेर्छ



" हर्के के हो ?" साहुको जंगी आवाजले गोठै थर्किन्छ  



"हजुर मालिक"  केही   बिराएको स्वर बिलिन हुन्छ गोठमा



"दशैँ नजीक आउंदै छ बोका झन् झन् दुब्लाउंदै   नी" बोकालाई उचाल्दै  कराउंछ साहु।


 "आजकाल तिमीलाई पनि गणतन्त्र आए जस्तो छ। काम मा भन्दा अन्तै  ध्यान देख्छु" थप्छ साहु

Saturday, October 29, 2011

कविता : साक्षी

~सन्तोष लामिछाने~


भावनाको घोप्टेभीर
मनको जोगीमारामा
घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोताई सुरु हुन्छ

कविता : जीवन को यो रुप निराला

~रवी शाह~

कोहि भन्छन, जीवन योग हो .......सत्य को खोज..
कोहि भन्छन, जीवनसंघर्ष हो ...कठिन चुनौती..
कोहि भन्छन, जीवन बाचा हो, बन्धन हो, पर्खाइ हो..........आश-निराश ले भरिए को...
कोहि भन्छन, जीवन हो सुन्दर   अवसर ....बरदान ईश्वर को...
कोहि भन्छन, जीवन प्रेम हो.........मोह, माया को जाल.

जानी न जानी, म पनि येही हुल मा समाये.
आफु लाई येही भुमरी मा अल्झाए.

सुन्दर जीवन को सपना मा रमाए..
माया-पिरती को खेल मा हराए. 

Saturday, October 8, 2011

कविता : म र म

~अविमन पसछें~


म सभ्य देखिन चाहन्छु
म सभ्य बन्न चाहन्छु ।।

सभ्यता र म एउटै बाटोमा
सभ्यता र म बिपरित दिशामा ।।


ठोक्किएर लड्दा मलाई दुखेको थियो
हिर्काएर लडाउँदा मलाई खुशी भयो ।।

कविता : भोली कवि

~सुरेन्द्र प्रजापती~

भानुभक्त भए आदिकवि
मोतिराम भए युवाकवि
लक्ष्मीप्रसद भए महाकवि
कुनै बेला भन्थें हुन्छु म भोली कवि ।।

डाँफे चरीको निवन्धसँगै नेपाली पनि सिक्न थालें
नटिप्नु हेर कोपिला भन्दै कविता पनि पढ्न थालें
पद्य मात्र होइन कविता गद्य पनि हुँदो रहेछ
प्रयास गरे कविता पनि सिर्जन गर्न सकिंदो रहेछ ।।

Saturday, October 24, 2009

कविता : माया


~महेन्द्र पाठक~


माया एउटा खेल हो कहिले जीताउने, कहिले हराउने

कहिले असम्भब्को 'अ' मेटिदिने

कहिले भाबको अघि 'अ' थपिदिने

खै के भनौ यो माया के हो, खै के लेखौं यो माया के हो ?


कहिले यस्तो लाग्छ, माया एउटा खानेकुरा हो, जतिखेर भोक लाग्छ खाने,

अथवा,

Saturday, July 14, 2007

कविता : राजा लाई अर्ती

~अविमन पसछें~

सून राजा मकन
दिन्छु तिमीलाई अर्ती
सूनी लिनु राम्ररी
हुनेछैन तिम्रो खति ।

लामखुट्टे बनि चुस्थ्यौ
देउताको खोल ओढी
अब चेत खुलाउनु
नत्र पर्लौ अझै अगति ।