~महेन्द्र पाठक~
माया एउटा खेल हो कहिले जीताउने, कहिले हराउने
कहिले असम्भब्को 'अ' मेटिदिने
कहिले भाबको अघि 'अ' थपिदिने
खै के भनौ यो माया के हो, खै के लेखौं यो माया के हो ?
कहिले यस्तो लाग्छ, माया एउटा खानेकुरा हो, जतिखेर भोक लाग्छ खाने,
अथवा,
माया एउटा कल्प व्रिक्ष हो जस्को आडमा ढल्किएर, तारा गनेर रात बिताउने
हैन, माया एउटा स्पर्श हो, द्रिश्य हो, उपलब्धी हो, प्यास हो, अनि गन्तब्य हो
अथवा, जो जस्तो छ त्यस्तै अनुभूती हुने कल्पना हो माया,
या, अन्धकारमा अँगालो हाली आफ्नो आवाज आँफैले नसुनिने गरी गुनगुनाउने आवाज हो माया /
माया त सर्बब्यापक हुनुपर्ने, किन कल्पना र खुस्खुसाहट्मा अल्झिएको
किन बन्द कोठा र गोप्यतामा लज्जिएको?
आखिर वास्तबिक भए नि, कल्पनामा भए नि, माया त मायै हो, माया त मायै हो /
माया त्यो भिजेको सिरानी पनि हो, माया त्यो रेल्को स्टेसन पनि हो
माया त्यो बितेको समय पनि हो, माया त्यो बगेको खोला पनि हो/
कहिलेकाही माया एउटा बोतल्भित्रै सीमित हुन पुग्छ जसमा यादगारहरुलाई बर्तमान सँग मिश्रण गरी कक्तेल बनाई पिउने प्रयास गरिन्छ अनिदो रातसँगै,
फगत एक्लो समयमा, माया कहिले डरलाग्दो भूत बनेर आउँछ
सुन्दर सपना ल्याउने रातलाई चकनाचुर् पार्दै,
त्यसैले, माया अस्थायी पागल्पन पनि हो
माया महाभूकम्प हो, अनि त्यसपछिको पुननिर्माण् पनि हो
माया सजीब हो, उत्तेजना पनि हो
आशा हो, त्याग हो, धैर्य हो अनि जीउने माध्यम हो
माया सत्य हो, यथार्त हो, कर्तब्य हो, अनि चाहना पनि हो
माया आफैमा एउटा आत्मा हो
आत्माको पनि पर्मात्मा हो//
(२००९ मा आयोजित 'नाफा - साहित्य साँझ २०६६'मा सहभागी कविता )
No comments:
Post a Comment