~भीम पुडासैनी~
यो मेरो अनौठो हाँसो ।
अरूको नभएर आफ्नै हो नासो ।।
यहि हाँसोले मेरो दु:ख पिडा भाग्छ ।
आफ्नै अनि पराई भन्न यो मनमा लाग्छ ।।
कहिले काँही हाँस्ने गर्छु गर्दै हाँ हाँ हाँ हाँ ।
कोहिले भन्छन सँधै भरि भए हुन्थ्यो आहाँ ।।
आफ्नै हेराई पत्तो छैन, अर्का हाँसो सधै चासो ।।
हाँसे पनि सुख छैन, नहाँस्दा त कुरै छोडौ ।
अर्का कुरा काट्नु भन्दा, अरू आफ्नै कौडी फोरौ ।।
मानिसको जात हजुर, अर्का कुरा काट्न हुन्न ।
भित्री मन कालो भएसी जति घोटे पनि जान्न ।।
जिन्दगीमा हाँसी खुसी जिउनुपर्छ साथी ।
रिस रागलाई नछोडी कसरी पुग्छु माथि ।।
तिम्रा कुरा सुन्दा लाग्छ मलाई कस्तो कस्तो ।
यति सुन्दर जिन्दगीलाई किन बनाउँछौ सस्तो ।।
हाँसी खुसी मिलीजुली बाच्नुपर्छ सबै ।
मानिससँगै जगतको भलो हुने सधै ।।
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment