मेरो कविताले
सबै प्राणीको मनमा बास बस्न सकोस्
ती उमेर ढलेका बृद्ध बाबा-आमा
जस्को आँखामा आँसु मात्र देखिन्छ
बिदेशी छोरो आउला कि भनेर
उहाँहरूको आँशु पुछ्न अनी ओठमा मुस्कान ल्याउन सकोस् ।
मेरो कविताले
तीर्थयात्रीलाई थकित होइनबरू खुसि र उमङ्ग दिनसकोस्
अहा ! कत्ति आनन्द आउने काव्य भन्दै,
पाईला सार्न सहयोग गरोस्
अनि त्यो गरीब गाउँले दाइको इच्छा पुराउन
केहि नैतिक समर्थन दिन सकोस्
मायालु जोडीलाई मेरो कविताले
कहिलै नछुट्ने प्रतिज्ञा गर्न आँट दिदै
भविष्यका उजेला पलहरु कल्पना गर्न सिकाओस् ।
मेरो कविताले
साना-साना भाइबहिनीहरूलाई
भविष्य चम्किलो बनाउने बाटो देखाउन सकोस्
अनि मुस्कुराउँदै भनुन् कि कस्तो मिठो कविता मन मै बस्यौ
उनिहरुलाई मित्रता निभाउन
कसैको विश्वासलाई टिकाउन शक्ति देओस्,
मेरो कविताले मित्रतामा
स्विकृती अनि पुष्टी दिन सकोस् ।
यस्तै गरि मेरो कविताले शान्ति र प्रेम छर्न सकोस्
आशाको बत्ति बाल्दै त्यो झुल्केको घाम जस्तै
हरेक प्राणीहरुको सुन्दर दिनको प्रतिक्षा सजिलो बनाईदेओस् ।

(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment