~पूर्ण श्रेष्ठ~
हलचाल गर्न थालिहाल्छ त्यही क्षण ,
जहिल्यै सोंचिरहन्छ यो,
जहिल्यै खोजी रहन्छ यो,
कहिले जोशिलो बन्न उक्साउँछ,
कहिली नरम बन्न सुझाउँछ ,
क्षणमै ब्रह्माण्ड चाहर्छ यो ,
शरीरलाई हल्लाइ हल्लाइ रहन्छ यो,
पूजा गरी रहँदा भन्छ एक मन
किन समय बर्बाद गरिरहेको,
दान गरिरहँदा भन्छ अर्को मन ,
किन फजुलमा धन लुटाइरहेको,
पुण्य गरिरहँदा नि पूर्ण खुशी छैन यो ,
पाप गरिरहँदा नि पूर्ण बेखुशी छैन यो,
पूर्ण कहिल्यै छैन यो,
सँधै आधा-आधी मात्रै छ यो
सँधै तरङीत भै रहन्छ यो ,
सँधै हलचल गरी रहँन्छ यो ,
पक्ष बिपक्षमा डुलिरहन्छ यो ,
शरीरलाई बेगबान बनाइ हल्लाइ रहन्छ यो ,
बुद्धी भन्दा सुक्ष्म भएर पनि
परम शक्तिशाली छ यो,
आबिस्कारको जननी हो यो,
कसैलाई महाप्रतापी त कसैलाई बैभबशाली बनाउँछ यो ।
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment