~प्रमोद आचार्य~
कुकुर भनेर सम्वोधन गर्छन
तर उ छ मानिस भन्दा सभ्य
मानिस बरू गिरी सक्यो लियो उसको ठाउँ
घरमा छायो खुसीयालि जब पर्यो उसको पाउ
भन्छन मानिस हो बुजक प्राणी
तर उसको माया भित्र लुकेको छ स्वार्थ
उ त छ अबोध र अज्ञान
तर पनि गर्छ निस्वार्थ माया र सम्मान
छैनन इष्टमित्र हराय आफन्त
उनी हुन्छ मेरो छेउ नहुदा सम्म अन्त
मर्ता नहोलान गाउछिमेक नहोलान मलामी
बस्छ नजिक आई बनि उ मेरो सिरानी
खै छोरा/छोरी कहाँ गए बुहारी
कोहि हुँदैन छोडि जान्छन् एक्लै पारी
उ त हुन्छ छेउमा दी सधै साथ
खुशी छु म पाई उसको काख
उहिले गाली गर्दा भन्थे कुकुर होस
हो बन्न चाहन्छु उ जस्तो प्राणी
मान्छे भनेर के नै ओचित्य छ र यताँ
दाई भाई नै लड्छन बनि द्रब्यपिचास जहाँ
गर्छु उसलाई म अदभूत प्रेम
उनै छ सहारा जीवन रहुन्जेल
गरेको रहेछु भने केही राम्रो यो कर्ममा
उ जस्तै निष्ठावान हुन पाउ अर्को जन्ममा
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment