धेरै सोंचे घोत्लिएँ
लेख्न बसें एउटा सानो भावना
अहँ पटक्कै शिर्षक धरी आएन
कसरि पुरा गरुँ कविता लेख्ने चाहना
शुक्रबारको दिन थियो, मोमो पाकेको थियो
परिवार मख्ख थिए, मीठो मानि खाँदै थिए
ओहो यहि क्षणको बारेमा लेखुँला सोच्दै थिएँ
अचार अलि खल्लो भो श्रीमान ले भनिदिए
अहँ अब फुरेन मेरो कविता
बाबासँग कुरा गरि, फ़ुर्छ कि केहि सोंची
गरें फोन, उता बाट आयो जवाफ
जीवन बिज्ञान जान भयो अबेला
किन गर्छस फोन बेला न कुबेला?
अहँ जुरेन मेरो कविता
यहाँ मेरा आत्मिय छन् दुइ दिदि
केको बारेमा लेखूम भनि सोधेँ एउटा शिर्षक
हाम्रै बारेमा लेखन एउटीले जिस्किन
लेख न लेख आर्की ले साथ दिइन
अहँ यता पनि आएन मेरो कविता
लेख्छु भनेर लेखिन्न रैछ
कसैलाई सोधेर हुन्न रैछ
भावनालाई शब्दमा कूँद्न
सबैलई आउन्न रैछ
यस्तै भयो मेरो कविता ।।
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment