~प्रदीप केसी~
भगवानको अंश मलाई समेट्न खोज्ने म भागीरहने ।
म भगवानको कैदमा परेको अवश्य होइन ।
कैदबाट निस्किनु कती बर्ष जेल जानुपर्छ मलाई ज्ञान छैन ।
यस युगमा विद्वान, धनी, शक्तिशाली बन्न कसैले रोक्न सक्दैन ।
म भक्तिको स्कूल जान्न,
यदी गईहाले पनि एउटा कक्षा पनी पास गर्न सक्दिन
गोमा, सतिले भाग्य कर्मलाई चित्त बुझाए
आजको स्थिती मेरो यही ।
हिन्दू धर्म भाग्य प्रधान हो
सतीको हात छलकपटले शिवजीको हातमा बिष्णुले पारीदिए
सतीले चित्त बुझाईन् ।
शरीर भगवानको अंश हो ,
जन्ममा मरण भईरहन्छ
मर्यो भने जड् या खरानी हुन्छ,
आत्मा परमात्मामा मिल्छ ।
अहिले मावन स्वरुप त पाएँ
जती रटे पनि राम
जती देवस्थल गए पनि
जती सत्संग गरे पनि
निसाचर प्रवृत्ति हावी छ ।
भगवानको स्कूल त जने भएछु पास हुन्छु हुँदिन
बिभिन्न देवीदेवताको छलकपट, ईन्द्रजाली चरित्रले
भक्ती क्लासमा फेल हुने
वा एउटै क्लासमा कती बर्ष बस्ने थाहा छैन ।
अहिले पनि भगवान मसँगै म चोर भागे जस्तै भाग्न खोज्ने मानव ।
मानव चेतन्शील प्राणी हो,
केही भगवान प्राप्त गर्ने उपासनामा तल्लिन छन्
भगवान भन्नु नै आनन्द प्रकाश स्वारूपको अंश हो
प्रकाश "अपोदिप भव" को खोजीमा आज पनि मानव छन्
भगवानको अंशले कहिले समाहित गर्नुहुन्छ
खेल भक्त र भगवानको जारी छ ।
जन्मजन्माको भगवानसङ्ग चोर भागे जस्तै
अगाडि भाग्ने यात्रा रोक्न चाहन्छु ।
८४ लाख जुनिको यात्रामा
मानवले मुक्ती, भक्ती, शक्ती, शान्ती, ज्ञान, मोक्ष प्राप्त गर्न सक्छ ।
तर मानव अझै भागी रहेछ
निरन्तर अनवरत दौडिरहेछ ।
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment