Saturday, July 29, 2017

गजल : तिम्रो शहरमा


~मित्र पौडेल~

मान्छे आज दास छ तिम्रो शहरमा
मानवताको ह्रास छ तिम्रो शहरमा ।

निर्दोश जस्ता लाग्ने ती आँखाहरु
गर्छन्\ बलत्कारकै आश तिम्रो शहरमा ।
तिमी त तरवार भित्र सुरक्षित हौला
मलाई चैं त्रास छ तिम्रो शहरमा ।

सिपाहीहरु सुरक्षामा तैनाथ छन् तर
बिषालू नागपास छ तिम्रो शहरमा ।

मन्दिरै मन्दिराको शहर हो तर
शैतानको बास छ तिम्रो शहरमा ।

भर्खरै भेट्दा सञ्चै छु भन्ने मान्छे
क्षणभरमै लास छ तिम्रो शहरमा ।

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment