Saturday, July 29, 2017

कविता : पहाडकी रानी


~सुष्मा श्रेष्ठ~

वारी सिक्किम पानी नेपाल
मेरो दुई दिदी बहिनी
माया, सद्भाव अनी शिष्टाचारको प्रतिक
हो मेरो परिवेश अनी मेरो भौगोलिक अस्तित्व ।

कञ्चनजङ्घाको श्रिपेच मेरो
टिष्टा रङ्गित छातामा
मेरो सन्तान मेरो चिनारी
विश्व बिजयी गोर्खा जातिमा ।

सूर्योदय अनी गुराँस मेरो लालिमा
बादलको मेरो घुम्टो छ
चिया बुट्टा फरिया मेरो
हिउँको न्यानो बर्को छ ।

मैना अनी कोईलीको सुरमा रमाउँछु
मैले विश्व शान्तीको गीत गाउँछु
मादलको ताल घन्किन्छ कतै
त कतै छकिन्छ मेरो पाउजु ।

मखमली सयपत्री मेरो श्रिङ्गार
कहिले दोभानमा त कहिले झरनामा मेरो दर्पन रुप मुहार
बिबिध बनस्पती फूल पशुपक्षीले भरेको मेरो सानो ठाउँ
भन्चन् मलाई पहाडकी रानी, दार्जिलिङ मेरो नाउँ,
दार्जिलिङ मेरो नाउँ ।   
(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment