Saturday, July 29, 2017

कविता : अब त मेरो पालो हो


~लेखनाथ काफ्ले~

ओई संस्कृत बुझेको बिज्ञाने मन्त्री
त मात्र अब सप्तसती भाका हालेर पढ
अझै तलाई म न्युटनका सिद्दान्तहरु रटाउन सक्दिन
तेरो घनिभुत मगजलाई कन्क सल्फ्युरिक एसिड हालेर फटाउन सक्दिन

अब म नै ज्वाला बनेर
तेरा अबशेसहरु जलाउने छु
पख्लास तलाई
तै बसेको कुर्शिबाट ढलाउने छु

ओई ख्याउटे,मरन्च्यासे स्वास्थ्य मन्त्री

जा बैतडी अब चाडै गर
अझै म तलाई कृतिम श्वास प्रश्वास दिएर बचाउन सक्दिन
तेरो पाचन सक्ती बनेर तैले खाएका कुराहरु पचाउन सक्दिन

अब म नै मेटासिट बोकेर
तलाई चटाउन आउने छु
पख्लास तेरो लम्बिएको आयुलाई
सिधै घटाऊन आउने छु

ओई मेलम्चीको आडमा चार पुस्ताको भुँडी भर्ने जलस्रोत मन्त्री
त अब तेरो खाने थुतुनो जबर्जस्ती थुनेर बस
अझै तेरालागी म
नहर र पैनिका नक्साहरु खिच्न सक्दिन
तेरो दाहिने हात भएर अझै
तेरा लागि म घिच्न सक्दिन

अब म नै टरवाइन बनेर
तलाई घुइघुइ घुमाउने छु
पख्लास तेरो भुँडी फोरेर
तेरै आस्तित्व गुमाउने छु

ओई हरियो बन मेरो धन भन्ने बन मन्त्री
त अब मात्र सुकेको बर्रो भएर बस
तलाई अझै म यार्सागुम्बा र पाच्औलेका
महत्व बताउन सक्दिन
चरेस र गाजाका पातहरु मिचेर
अझै तलाई म मताउन सक्दिन

मै बरु मैदालको काडो बनेर
तलाई क्वाच्क्वाची घोच्नेछु
ढिकिको मुस्ली बनेर
तलाई ओख्लिमा पोको पारेर कोच्नेछु

ओइ सधैभरी चिल्ला कार र सानदार महलमा पाइला राखने कृषि मन्त्री
त अब पानीले मक्किएको ढोड भएर बस
तलाई अझै म हिस्पा र मिलिबगका बदमासी सुनाउन सक्दिन
रेसमा र कपासबाट बन्ने जालहरु बुनाउन सक्दिन

अब म नै फौजी किरा बनेर
तलाई सखाप पार्नेछु
पख्लास आयोडिनको झोल नदिई
तलाई तड्पाइ तड्पाइ मार्नेछु

खबरदार अब त मेरो पालो हो
म सेट स्क्वायर र पेन्सिल बोकेर
तेरो कुर्सिमा बस्नेछु
स्टेथोस्कोपको साथमा सेतो एप्रोन लगाएर
त बस्ने सानदार कोठामा पस्नेछु
अनी बनपालेको पोशाकमा सजिएर
त तस्करलाई पाता कस्नेछु
मालाथियन बोकेर आउने छु
दिमाक्रोन बोकेर आउने छु
त जस्ता किरालाई सिध्याउन मेटासिक्सस बोकेर आउने छु
खबरदार , अब त मेरो पालो हो -2

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment