Sunday, June 24, 2018

अमूर्त कविता : म्लेक्ष्य देश

~प्रदीप केसी~

जहाँ कविता लेख्न परेको छ
जहाँ कविता लेख्न परेको छ
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जने हो ?

लेख्न परेको छ कती आवोर काम गर्ने वा पढ्ने
फुल टाईम वा पार्ट टाईम कस्टको हिसाबले एक जवान, एक बच्चा
कस्ट र जीवनको रङ्ग बुझ्न सकेन भने
होम्लेस, यही हो क्यापिटलिस्म

यहाँ कविता कोर्ने परेको छैन
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जने हो ?

यहाँ लिङ्गको भेद छैन
बस्नु छ लिभिङ टुगेदर, पेयिङ सेपरेट
यहाँ कविता कोर्ने परेको छैन
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जने हो ?
( जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment