Sunday, June 24, 2018

अप्सरा गिरीका दुई मुक्तकहरु

~अप्सरा गिरी भारती~

मुक्तक : नारी

लक्ष्मी, सरस्वती, दुर्गासँग दाँज्छन्
धर्ती सृस्‍टिकर्ता उपमाले माँझ्छन्
समानाटकओ सपना मुनाउन नपाउँदै
जिम्मेवेरए देखाएर फेदैबाट भाँच्छन् ।।
मुक्तक : सपना

केही गर्छु भन्ने सानो सपना मेरो
कर्मले मस्काउँदै, टल्काउँदै छु सपना मेरो
साथहरुले, सहयोगि हातहरुले हौस्याउँदो रहेछ
शिखर चुमेर पाईताला जमिनमै रहोस् भन्ने सपना मेरो ।।

(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment