Sunday, June 24, 2018

कविता : टेलिस्कोप

~पूर्ण श्रेष्ठ~

बिनम्र हुँदै एक दिन एक सज्जन
हाम्रो घरमा आउनु भो
मेरो नाम बोलिने भाषा
अनी,परिवार सङ्ख्या सोध्नु भो ।

चार हप्ता पछी सोही सज्जन
साथी लिएर फेरी आउनु भो
एउटा पुस्तक दिंदै मलाई भन्नु भो
लिनुस्, यो ज्ञानको टेलिस्को हो ।
म सुन्दै गएँ, वहाँ भन्दै जानु भो
जसले यसलाई मात्र हेर्छ, केवल टेलिस्कोप देख्छ
तर, जसले यसबाट हेर्छ
तव, उस्ले संसार देख्छ ।

उसले आँगन देख्छ, बगैंचा देख्छ
टोल देख्छ, गाउँ देख्छ, देश देख्छ
बिदेश देख्छ, जून देख्छ, घाम देख्छ
अनी समस्त तारा मण्डल देख्छ ।।
(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment