Monday, January 1, 2018

कविता : बहुलाही

~आविष्कार भारती~

ऊ मुसुक्क मुस्काइ
उठी
अनी फेरी जोरले चिच्याई
सरापी
तथानाम गाली गरी
फेरी चटक्क बसी
यस्सो नेत्र कोणबाट उसैलाई हेरी
मुस्काइ अलिकती
र भनी
तिमी मेरो असल प्रेमी
मैले जे भने पनि
सुनी रहन्छौ
अटल विश्वाश छ
तिमीमा मेरो
तिमी मलाई सदा साथ दिन्छौ
अतल कुरा लुकाइ
मेरालागी हाँसी दिन्छौ
त्यहाँ बसी
मेरा शरीर लुछिएको
मेरो विश्वास लुटिएको
बर्बराइ
अनी फेरी आँखा जुधाउँदै
हिमालसँग मुसुक्क मुस्काइ
भनी फेरी
तिमी त मलाई बुझ्छौ नि हई ?
म बहुलाई होइन नि हई ?
तिम्ले त सारा कुरा सुन्छौ नि हई ?
ऊ जस्तो तिमी त छैनौ नि हई ?
हाम्रो प्रितका छायाँ तिमी त हो
उठी शितल पवन जसरी नाच्न थाली
प्रश्नको ठेली छोडेर
घोस्से मुन्टो लाएर
चिसो हिमालसँग ऊ ठुस्स परेर बसी
अनी गए रात बलात्‍कृत
उस्का यौनाङ्ग देखाएर
आँखैले सोधी तिमी किन त्यस्तो चिसो मेरो ऊ जस्तो ?
 
(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment