Monday, January 1, 2018

कविता : नयाँ वर्ष

~अविमन पसछें~


कमजोर धरातलमा
भासियो  पुरानो वर्ष
कसिलो काँध
 दिन आए जस्तो छ नया वर्ष
फड्को मारी
 प्रवेश गर्छ की यो नया युगमा
की पोहोर संगै
 बिलिन हुन्छ पुरानो युगमा
बित्ने हो की
 बसन्त पालुवाको खोजीमा
यथास्थितिका मतेदार
 सुकिलाहरु
लुट्न खोज्छ
 भाग्यका रेखाहरु
शहिद बनिसके
 धेरै बिगतका बर्षहरु
रक्तबिज बनि
 आउने छ नया बर्षहरु
मुकदर्शकहरु बीच
 एउटा  कर्ताको खोजीमा
कालरात्रिको बध
 हुन्छ रक्तिम बिहानीमा
त्यसैले  आस्था
जिउँदो छ नया बर्षमा
(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment