Monday, January 1, 2018

कविता : यसरी मनाईदेऊँ प्रिये मेरो नयाँवर्ष

~गोबिन्द सिंह रावत~


जनवरी फरवरी मार्चभरी
बसन्तको सुगन्धले
मनलाई सुगन्धित बनाई देऊँ
अप्रिल मई जुनभरी
प्रेमको बतासले

शरीरभरी स्पर्श गराई देऊँ
जुलाई अगष्ट सेप्टेम्बरभरी
मायाको बर्षाले
मलाई रुझाई देऊँ
अक्टोबर नवेम्बर डिसेम्बरभरी
प्रितको गर्मीले
रोम रोममा उष्ण पुर्याइदेउँ
वर्षभरी मायानै मायाले
मलाई छताछुल्ल बनाई देऊँ
यसरी मनाईदेऊँ प्रिये मेरो नयाँवर्ष

(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment