Monday, January 1, 2018

छन्द कविता : आदिकवि प्रती


~मित्र पौडेल~

छन्द : मालिनी

कवीकूल गुरु हाम्रा काव्य स्रवटा महान
सुमधुर कवितामा रमको गीत गान
अमर हुन पुग्यौ हुँँ काव्य मिठो रचेर
जनमन बीच उदयऔ भानु तारा बनेर ।।

कलकल कविताको बगायौ भावगङ्गा
जनमन सब जोड्ने एकतासूत्र चङ्गा
भुवनभर बहायौ काव्यधारा सुनौलो
मृदुसम रस तिम्रा कीर्ति ल्यएर नौलो ।।
झलमल सब पारी काव्य तारा बनेर
युगयुग खटिराख्यौ उच्छ भाषा भनेर
तनमनभरी छायाँ भानु झैं झल्मलायौ
हिमवत भरी घुम्दै काव्यधारा बगायौ ।।

नमन छ कविलाई मान साथ सबैको
मगमग कवितामा भक्ति छैनन् कसैको
प्रमुदित मनपारी रामसिता जपेर
युगयुग रहने छौ भानु भाषा बनेर ।।

कलमा सतत् बोकी भावनामा रमायौ
प्रभुसँग कवितामा रामको गीत गायौ
परिचित अझ हुनेछौ काव्यपूत बनेर
नवयुग जाभा ल्यायौ काव्यमाला उनेर ।। 

(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment