Saturday, July 29, 2017

छन्द कविता : असार बर्षा अरु


~मित्र पौडेल~

छन्द :  शार्दुलबीक्रिडित

उशा नूतन छाउँछे जीवनमा आशा परेली भरी
झल्मल पार्दछ शीतका लहरले आशा हजारौं गरी
भैंमा छाम्दछ कान्तिले धरणीमा पाईन्छ मोती भनी
फुल्छन् खोंच गड्डा पहाड पहरा गर्वीत न्यौली भनी ।

जाग्लान् स्वप्नहरु फूलैफूल बनी गर्लान ठूला उन्नती
लाग्लान् ताँतिहरु उजाड भूमीमा असारअका सन्तति छोलान् शैली अती बढेर श्रीजना सङ्गित धाराहरु
आँखा खोली अनी बसेर अनिँदो असार बर्षा अरु ।

बर्षी बर्षी अरु भिजेन पृथ्वी असार हे बेस्सरी
प्यासी यि पहरा र फाँट बनको माटो फुलोस् मन भरी
थिग्रेका दिलभित्रका कृषकका मैला पखालीबरु
आँखा खोली अनी बसेर अनिँदो असार बर्षी अरु ।

चाहिँदैन उमेर त्यो शरदको रुझ्नै छ, छ धर्ती अरु
झम्झम बर्षी झरी बनेर लहरी आल्हाद छाओस् अरु
पोखी आँखाण्ड प्रसन्न दिल होस् असार तेरो पनि
तिम्रै निम्ती भनी जुटाइ दिउँला पहाडकी मारुनी ।।
(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment