Saturday, July 29, 2017

गजल : साना साना खुसीले गाँस्ने माला हो जिन्दगी



~सन्तोष लामिछाने~

कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी
घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी

बुर्लुक्क उफ्रदै वयस्कले भन्यो
भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी


सकी नसकी वृद्धले भन्यो
बुढ्यौलीले चाउरीएको छाला हो जिन्दगी

वितृष्णामा डुबेको जनताले भन्यो
घुस्याहा नेताको भ्रष्ट चाला हो जिन्दगी

सन्तोषलाई सोद्धा सन्तोषले भन्यो
साना साना खुसीले गाँस्ने माला हो जिन्दगी

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । ) 

No comments:

Post a Comment