Saturday, July 29, 2017

कविता : आमा

~दिनार 'रनादी'~

 १
कतै मायालु मिठो आवाज सुने
कसैले मिठो कविता भने
आमाको याद बढेर आउँछ
कविता भन्नु मिठो माया रहेछ
मिठो माया भन्नु आमा रहेछ ।

म साठ्ठी बर्षे लक्का जवान

तर आमाको आँखामा
म संधै निर्धो बालक
एकै दिनमा लन-मो नगर्नु
अगाडि एकदिन, पछाडि अर्कै दिन गर्नु
तिमी धेरै थाक्छौ, शरीरको खयाल गर्नु
रक्सी धेरै नपिउनु, दिमाग बिग्रन्छ
पिरो अमिलो धेरै नखानु, पेट बिग्रन्छ
आमको माया अहो कती अपार
आमा भन्नु त माया रहेछ
माया भन्नु मिठो कविता रहेछ
कविता भन्नु जीवन रहेछ ।

धर्मको सार ॐ भन्छन्
"मा भन्छु, मो के भन्छु भने मो भन्छु"
जीवनको सार आमा भन्छु
त्यो भाग्यमानी हो, जो सँग आमा छ
किनकी आमा भन्नु माया रहेछ
माया भन्नु कविता रहेछ
कविता भन्नु जीवन रहेछ
जीवनको सार आमा रहेछ
जीवनको सार आमा रहेछ ।।

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment