Saturday, March 4, 2017

कविता : दुई भारी दाउरा

~आविष्कार भारती~


जिन्दगीको दुई भारी दाउरा
एकभारी मेरो-मेरोको आगोमा जोतियो
अर्को भारी मलाई मलाईको चुलोमा कोचियो
अन्तमा खोजें आगोको त्यो तातो
न बाँडियो आफ्नाहरुलाई न्यानो न दिईयो अरुहरुलाई तातो
बस्
दाउराको धुवाँले आँसु आँसु भो जीवन
खरानी न मेरो भो न कसैको
हाथ लाग्यो सुन्ना,
खै हजुर यस्तै भयो जीवन।

-आ'विष'
 
(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment